भद्रपुर / झापाको बुद्धशान्ति गाउँपालिकामा छोरालाई खुकुरी प्रहार गरी घाइते बनाउने एक व्यक्तिलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।
बुद्धशान्ति–५ स्थित पानीघट्टाका ६३ वर्षीय हर्कबहादुर कुमालले घरायसी विवादमा छोरा ३५ वर्षीय वसन्तलाई खुकुरी प्रहार गरी शनिबार घाइते बनाएका हुन् । टाउकोमा खुकुरी प्रहारबाट गम्भीर घाइते वसन्तको विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । छोरालाई खुकरी प्रहार गरी घाइते बनाउने हर्कबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।
छोरालाई खुकुरी प्रहार गर्ने पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































