धनकुटा / वस्ती नजिकैको जंगलमा लागेको आगो बस्तीमा पसेपछि धनकुटाको छथरजोरपाटी वडा नम्वर ४ तेलियामा आइतवार दिउँसो पाँच घर जलेका छन् । जोरपाटीको तेलियास्थित भन्ज्याङ्गडाँडा सामुदायीक बनबाट फैलिएको आगोले कर्कलेगाउँका ज्ञानबहादुर अधिकारी, भरत गिरि, तिलबहादुर भुजेल, इच्छामाया तामाङ्ग र सामटारे तामाङको घर जलेर पूर्ण रुपमा नष्ट भएको वडा नं.४ का वडाध्यक्ष टेकवहादुर तामाङले जानकारी दिए ।
आगो नियन्त्रण भन्दा वाहिर मार्सेगाउँ तिर फैलिदै गए पनि स्थानियको लामो प्रयास पछि ४ घण्टामा नियन्त्रणमा आएको वडाध्यक्ष तामाङले वताए । आगोले कर्कलेटोलमा वितरित खानेपानीको दुई किलोमिटर पाइप जलेको छ । बिद्युत् सेवा अबरुद्ध भएको छ ।
आगलागीले घर खरानी भएसँगै इच्छामाया तामाङ भने छिमेकीको घरमा शरणमा रहेकीछन् ।