ताप्लेजुङ / आफन्तको पहिचान हुन नसके पछि जिल्ला अस्पताल ताप्लेजुङको शवगृहमा सात दिनदेखि महिलाको शव अलपत्र परेको छ । मिक्वाखोला गाउँपालिका–४ साँवामा फागुन २६ गते बेवारिसे अवस्थामा फेला परेको अन्दाजी ४० वर्षीया महिलाको शव प्रहरीले शव गृहमा ल्याएर राखेको हो ।

शव पहिचान गर्ने कुनै प्रमाण फेला नपरेपछि तत्काल हुलियासहित आफन्तको खोजीका लागि प्रहरीको निकाय र सञ्चार माध्यमहरुमा सूचना जारी गरे पनि शनिवारसम्म कोही सम्पर्कमा नआएको ताप्लेजुङ प्रहरीले जानकारी दिएको छ । कोही मानिसको बेवारिसे शव भेटिए सात दिनसम्म सार्वजनिक सूचना प्रवाह गरेर पहिचानको प्रयास गर्ने र आफन्त फेला नपरे कानुनी प्रक्रिया पु¥याएर शवलाई अन्त्येष्टि गर्ने व्यवस्था छ । शव तराई मुलको जस्तो देखिने प्रहरीले जनाएको छ ।