पाँचथर /  जिल्लाको हिलिहाङ–३, मा शनिबार वनमा लागेको डढेलो वस्तीमा पस्दा छ घर जलेर नष्ट भएका छन् । हिलिहाङ–३, ढोडेतेस्थित रमिते भीरमा लागेको आगो वस्तीमा पस्दा स्थानीय मनप्रसाद पालुङवा, हर्कबहादुर पालुङवा, डम्बरबहादुर पालुङवा, धनप्रसाद पालुङवा राजकुमार पालुङवा र वेदमाया पौडेलको घर जलेको प्रहरीले जनाएको छ ।
गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङदेनका अनुसार जोरपोखरी प्रहरी चौकीबाट खटिएका प्रहरी टोली, नेपाली सेना र स्थानीयबासीको प्रयासमा साँझ पाँच बजे आगो नियन्त्रणमा लिइएको थियो । आगलागिबाट भएको क्षतिको यकिन विवरण भने आउँन बाँकी छ ।