उदयपुर । उदयपुरको दमौटीमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।
त्रियुगा नगरपालिका–५ दमौटीमा प्रहरीले शुक्रबार लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । दमौटी प्रहरी चौकीको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा लागूऔषधसहित त्रिनपा–३ निवासी २१ वर्षीय सरोज घिमिरे र २९ वर्षीय देवराज तामाङलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका घिमिरे र तामाङको साथबाट डाइजेपाम२० एम्पुल, लुफिन २० एम्पुल, फेनार्गन २० एम्पुल र १ थान सिरिञ्ज बरामद गरेको छ । लागूऔषध ओसार–पसारमा संंलग्न उनीहरूले प्रयोग गरेको स.२ प ६९३९ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।