सिरहा / प्रदेश नम्बर २ का विभिन्न जिल्लाहरूबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । सर्लाही लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेही पुलनजिक पूर्व–पश्चिम लोकमार्गबाट १० किलो अवैध लागूऔषध गाँजासहित सर्लाही हरिवन नगरपालिका वडा नम्बर १ बस्ने २२ वर्षीय जितेन्द्र राउत र लालबन्दी नगरपालिका वडा नम्बर १ बस्ने २१ वर्षीय महम्मद नजाउद्दिनलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लालबन्दी र इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले ग.६ प ८६४६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा निजहरूले बोकेको झोलाभित्र उक्त परिमाणको लागूऔषध गाँजा फेला पारी मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी पर्सा वीरगञ्ज महानगरपालिका वडानम्बर १६ रजतजयन्ती चोकनजिकबाट कोरेक्स र अनक्रोक्स ६४ बोतल सहित मकवानपुर राकसी गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय प्रदीप लामालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको प्रहरी टोलीले लामाको ना. २८ प ५४०३ नम्बरको स्कुटर चेकजाँच गर्दा स्कुटरको डिकीमा उक्त परिमाणको लागूऔषध कोरेक्स लुकाई ल्याएको अवस्थामा फेला पारी स्कुटरसहित उनलाई पक्राउ गरिएको हो ।