उदयपुर / उदयपुरकोे बेसीगाउँमा आगलागी हुँदा घर, धनमाल, खाद्यान्न, पशुचौपाया जलेर नष्ट भएको छ । कटारी नगरपालिका–१० बेसीगाउँको आगलागीमा परी २ घरसहित ४० वटा बाख्रा जलेर नष्ट भएको हो ।
बेसीगाउँका धनबहादुर सुनुवार र शेरबहादुर सुनुवारको घरमा दिउँसो कोही नभएको समयमा एक्कासि आगलागी हुँदा २ घर, खाद्यान्न, धनमाल र ४० वटा बाख्रा जलेर नष्ट हुँदा करिब १० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।
ढुङ्गा–माटोले बनेको २ तले खरले छाएको घरमा आगो लागेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।