धनकुटा / चौविसे गाउँपालिका वडा नं.३ कुरुलेतेनुपा घर भएका ७१ वर्षीय एक वृद्ध वालिका करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।
विद्यालय छुट्टि भएर खेल्न घर वाहिर निस्किएकी ५ वर्षीया वालिकालाई चक्लेट दिएर फकाएर करणी गर्न लाग्दा चिच्याए पछि आफन्तले थाहा पाएका थिए । अचानक वालिका चिच्याएपछि मामाले के भएछ भनेर हेर्न जाँदा करणी गर्न लागेको अवस्थामा वृद्धलाई नाङ्गै भेटिएको बताइएको छ ।
वालिकाको आफन्तले प्रहरीमा दिएको उजुरीको आधारमा वृद्धलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटा इनेस्पेक्टर सुरज खड्काले वताए । घट्ना पछि वालिकाको जिल्ला अस्पताल धनकुटा भित्र रहेको एकद्धार संकट व्यावस्थापन केन्द्र (ओसीएमसी) मा राखेर स्वास्थ्य जाँच गरी महिला पुनःस्थापना केन्द्रमा राखिएको छ । स्वास्थ्य जाँच पछि मेडिकल रिर्पोट अदालतलाई दिइसकेको जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेन्डेन्ट डा.अमिताभ ठाकुरले वताए । पक्राउ परेकालाई आज भ्याद थप गरि आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।