पथरी / ढेड हप्ता अघि मृत्यु भएको २६ बर्षीय षडराज तामाङको मृत्यु नभएर कसैले हत्या गरेको मृतकको परिवारले आरोप लगाएका छन् ।
आइतबार पथरीमा पीडित पक्षले पत्रकार सम्मेलनको आयोजनागरी घटनाबारे बताउँदै घटनाको अनुसन्धानप्रति प्रहरीको झारोटार्ने काम भैरहेको र मृत्यु हैन हत्या भएको उनीहरुले दावी गरेका छन् ।
घट्नापछि प्रहरीले अनुसन्धान नगरी घटना लुकाउन खोजेको भन्दै पीडित परिवारले सत्य, तथ्य खोजेर सहयोग गर्न सबैमा आग्रह पनि गरेका छन् । पत्रकार सम्मेलनमा मृतक तामाङको दिदी टिका तामाङ र भाउजु आङ्रिता तामाङ लगायत स्थानीय उपस्थित थिए ।

परिवारको हत्या भएको दावी
दिदी टिका तामाङले भाई षडराजको हत्या भएको किटान गरिन् । प्रहरी र होटल सञ्चालकहरुले मिलेर सिक्का बार एण्ड लञ्ज कम्पनीको चार तल्लाबाट खसेर मृत्यु भएको भन्ने बनाउन खोजेको भन्दै घट्ना लुकाउने प्रयास भैहेको बताक्ष्न । शवको प्रकृति हेर्दा चार तला माथिबाट खसेको प्रमाणित नहुने पीडित परिवारको भनाइ छ । मृतक तामाङको शव घोप्टो परेको अवस्थामा भेटिएको थियो । ‘घोप्टो परेर चार तलाबाट खस्दा दाँत, नाक, अनुहारमा चोटपटक देखिनु पर्ने, हातखुट्टा भाँचिएको हुनुपर्ने’ दिदी टिका तामाङ बताउछिन् । ‘चार तलाबाट खस्दा नाकबाट रगत मात्र आउने सर्लक परेको शव हुन सक्छ ?’ उनले भनिन–‘मृतकको जुत्ता, सट पेन्ट समेत सामान्य धस्एिको समेत देखिन्न ।’ शव होटलको भित्ता भन्दा १२ फिट टाढा भेटिएको थियो । माथिबाट झरेकै भए सिधा तल झर्नुपर्ने पीडित पक्षको भनाइ छ । घोप्टो परेको शवको टाउको पछाडी दुई वटा गहिरो चोट देखिएकोले कसैले रड प्रहार गरी हत्या भएको हुनसक्ने पीडित पक्षको दावी छ ।

’हत्यारा’ पत्ता नलगाएसम्म शव नलिने
घट्ना भएको आइतबार ११ दिन भइसक्यो । धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरी उर्लाबारी मंगलबारेस्थित अस्पतालमा राखिएको छ । सत्य, तथ्य नखुलेसम्म वा ’हत्यारा’लाई पत्ता नलगाएसम्म शव अन्यष्ठी नगर्ने मृतककी भाउजु आङरिता तामाङले बताए ।

आफै लडेर ‘मृत्यु भएको’ रिपोट तयार गर्दै प्रहरी
पोष्ट मार्टम रिपोर्ट अझै आएको छैन । पीडित परिवारले होटल सञ्चालक र झापा दमकको झगडिया टिमलाई पक्रेर कडा अनुसन्धान थालिनु पर्ने माग गरेका छन् । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी इन्स्पेक्टर कमल बजगाई आफै लडेर मृत्यु भएको प्रमाणित गर्न लागि परेको पीडित पक्षको आरोप छ । भाइको होटल सञ्चालक वा दमकको टिमको आक्रमणबाट मृत्यु भएको दावी छ ।

षडराजको होटल सञ्चालकसँग झगडा भएको थियो
सिक्का बार पथरीकै संजीव गिरी, धिरेन सुब्बा, नैना राई, सजन श्रेष्ठ, पुजन विक र मिलन श्रेष्ठले भर्खरै मात्र खोलेका हुन् । घटनामा मृतक षडराजको होटल सञ्चालक मिलन श्रेष्ठसँग झगडा भएको तेजबहादुर तामाङले बताए । श्रेष्ठले तामाङसँगको रिसले आफ्नै होटलको टेवल ठटाएकोसम्म आफूलाई थाहा भएको उनले बताए । सिक्का सञ्चालक संजीव गिरीले भने षडराज तामाङलाई उनकै साथीले लिएर भुँइतलातर्फ झरेको बताए । आफूहरुको कुनै गल्ति नभएको होटल सञ्चालकहरुको भनाई छ । 

होटल संचालकलाई तनाव
उनीहरुको आफ्नै गुनासो छ । हाम्रो कम्पनी यतिका दिनदेखि बन्द छ । हामी दैनिक प्रहरी कार्यालयमा आउनु पर्छ । के हामीलाई मानसिक तनाव छैन ? हाम्रो पीडा कस्ले बुझ्ने ?

सिसि क्यामेराको फुटेज हरायो
सिक्का बार भएको भवनमा बारको आफ्नै सिसिक्यामेरा छ । तेस्रो तलामा नेस्नल लाईफ इन्सोरेन्सको कार्यालय छ । दोस्रो तलामा देव विकास बैंक र पहिलो तलामा ट्रयु भ्याल्लु फेन्सी स्टोर छ । उनीहरुको आआफ्नै सीसी क्यामरेरा रहेको छ । घट्ना पछि तीनै वटाको सीसी क्यामेरा फुटेजहरुको अनुसन्धान भइरहेको छ । देव विकास बैकको सीसी क्यामेराको फुटेजको ६ मिनेट ३५ सेकेण्ड लगायतको तीन पटक गरेर २२ मिनेटको फुटेज डिलिट भएको पीडितको भनाइ छ । फुटेज पुरा भएको भए भाइ भवनको भुँइतलासम्म झरेको देखिन सक्ने पीडित पक्षको भनाइ छ । प्रहरीले वडाध्यक्ष र बार संचाकल सहित घटना हुँन साथ फुटेज हेर्ने, निकाल्ने काम गरेको इस्पेक्टर कमल बंजगाईले स्वीकार गरेका छन् । इस्पेक्टर बजगाईले भने फुटेज हराएको बारे आफूलाई थाहा नभएको बताए ।

मुचुल्का विनै शव प्रहरीले उठायो
मृत्यु भएपछि भवन पुरै शिल गरेर घट्ना स्थलको अनुसन्धान गर्नुपर्नेमा मृतकलाई घटना स्थलबाट प्रहरी आफैले उठाएर पथरी हस्पिटल सम्म पुर्याउने र त्यसपछि मृतकको आफ्न्त नै नबोलाई जाडले मातेका मृतकका साथीहरुलाई आफ्न्त बनाई रातारात मंगलबारे हस्पिटलको शव गृहमा लगेर शव राखिएको आफ्न्तको गुनासो छ । मृतकलाई पथरी हस्पिटलले नै मृकतको घोषना गरी मृतक प्रमाण पत्र दिएको थियो ।

police

को को थिए तामाङसँग घट्ना भएको दिन
मृतक तामाङसँग मोरङ मिक्लाजुङको डिकबहादुर मगर, धादिङको रामहरी ढकाल, पथरीशनिश्चरे—२ मोरङका किसान राई, ७ नम्बर वडाको बलबहादुर तामाङ र तेजबहादुर तामाङसँगै रहेका थिए । साथिको मृत्यु चार तलामाथिबाट झरेर वा कसैको प्रहारबाट हत्या भएको केही बताउन नसक्ने मृतकका साथीहरुले बताए ।