धरान । धरान उपमहानगरपालिका-१४ मा बमका जस्तो देखिने संकास्पद वस्तु फेला परेको छ । उक्त बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले अाइतबार अपरान्ह निष्क्रिय पारेकाे छ ।
करिब ७ः०० बजे स्थानीय पशुपती तामाङले सिहदेवी चाैकदेखि करिब १०० मिटर विजयपुर जाने बाटोभन्दा मुनी बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त बस्तुलाई नेपाली सेनाको काली शक्त्ती गणको बम डिस्पोजल टोलीले करिब १ बजे निष्क्रिय परेको हाे ।
उक्त बस्तु कहाँबाट कसरी आयो सोको विषयमा अनुसन्धान गरिरहेकाे छ । तर, केही समय अघि नै राखेकाे हुन सक्ने अवशेषकाे रूपमा रहेकाे प्रहरीले जनाएकाे छ । सेनाकाे टाेलीले उक्त वस्तुकाे चाँजका लागि फाेरेन्सिकमा लगिने जनाएकाे छ ।