धनकुटा / धरानबाट धनकुटाको राजारानी तर्फ जादै गरको को २ त ५७६३ को ट्याक्टर शनिबार राती सागुडीगढी–५ ओख्रेको कुहीभीरमा दुर्घटना हुँदा चालक मोहन सिंह तामाङको घटनास्थल मै मृत्यु भएको छ ।
धरानबाट ट्याक्टरको ट्रली बनाएर राजारानी जादै गर्दा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको ट्राफिक कार्यालय हिलेले जनाएको छ । मृतक तामाङको पोस्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ ।