पथरी / कानेपोखरी गाउँपालिका वडा नंं. १ का वडाध्यक्ष दिपेश कार्कीले स्थानीय कुटपिट गरेका छन् । शुक्रबार होक्लाबारीको डिपु चौक–हाटखोला स्कुल जोड्ने सडकको स्टिमेट वडा अध्यक्षसँग हेर्न मागे पछि स्थानीय बाबु गजेन्द्र थापा र छोरा टार्जन थापालाई कुटपीट गरेको हो । कुुटपिटमा बुबा गजेन्द्रको दाहिने हातको कान्छि औला भाँचिएको छ ।
शुक्रबार बेलुकी बाबुछोरा प्रहरी चौकी रमाइलो आएर मौखिक उजुरी दिएर रमाइलो डायनेष्टि सेन्टर रमाईलोमा प्राथमिक उपचार पछि घर र्फकेका छन् । होक्लाबारीको डिपु चौक–हाटखोला स्कुल सम्म सडक स्तरउन्नती गर्ने क्रममा खाल्ड खुल्डीमा डिटि भरेर रोल्लर र ग्रेडर लगाउने क्रममा के रैछ यसको स्टिमेट भनेर बुझ्न खोज्दा सार्वजानीक स्थलमै वडाध्यक्ष कार्कीले आफुमाथी कुटपिट गरेको छोरो टार्जन थापाले बताए ।
वडाध्यक्षले मलाई कुट्पिट गर्दा बुबा गजेन्द्र थापाले छुटाउने हुँदा बुबाको हात र्मकीएको र कान्छि औला भाचिएको टार्जन बताउँछन् । शनिबार वडाध्यक्ष कार्की विरुद्र किटानी जाहेरी दिने पीडितले बताए ।
उता बेलुकी मौखिक उजुरी दिएर भोलि विहान किटानी दिने तयारी गरेर घर फर्केका उनीहरु विहान नै होक्लाबारी चौकमा गएर यतै मिल्नु भन्दै रमाइलो प्रहरी चौकीको असई हरिबहादुर कार्की पुगेको बताइएको छ । विहान पीडित र पिडक भेला गराएर कार्कीले मिल्न दवाव दिएको थापाले बताए ।