उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका-७ कमानमा आज बिहान ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन ।

नेपालटारबाट घाईघाट तर्फ आउँदै गरेको ना १ क ८३४७ नम्बरको ट्रिपरले सोही दिशा तर्फ आउँदै गरेको बा ९३ प ९४३२ नम्बरको मोटरसाईकललाई ओभरटेक गर्ने क्रममा ट्रिपरले ठक्कर दिदा, मोटरसाईकलको पछाडी सवार बर्ष ४५ को बल बहादुर पुलामी मगरको घटनास्थलमा नै मृत्यु भएको हो भने मोटरसाईकल चालक निजको छोरा बस्ने बर्ष २३ को सुजन मगर घाईते भएका हुन् ।

उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ भने ट्रिपरलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालक फरार भएकाले खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।