भद्रपुर /  घाँटी रेटिएर मृत अवस्थामा एक बृद्धको जङ्गलमा शव फेला परेको छ । झापाको भद्रपुर ४ स्थित मायालु वनमा भद्रपुर ८ डाँगीबारीका ६५ वर्षिय बीरबहादुर राजवंशीको सव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाँस काटन गएका स्थानीयले शुक्रबार दिउँसो मुत अवस्थामा राजवंशीलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला र वडा प्रहरी कार्यालय भद्रपुरबाट घटनास्थल पुगेको प्रहरीले लासको अवस्था हेर्दा कपडामा सुकेको रगत र घाँटीमा चोट देखिएको वडाका इन्स्पेक्टर यमकुमार श्रेष्ठले जानकारी दिएका छन् । घटनास्थल वरपर कुनै सामान फेला नपरेकोले शङ्कास्पद् रहेको अनुमान गरिएको छ । परिवारले सवको पहिचान गरेर जिम्मा लिएका छन् ।

मङ्गलबार दिउँसो कपाल काट्न जाने भन्दै घरबाट हिडेपछि सम्पर्कविहीन भएको परिवारले जनाएको छ । भद्रपुरस्थित शुरेशकुमार अग्रवालको घरमा मालिको काम गर्दै आएका राजवंशीले दुई महिना अघि जागिर छाडेका थिए । मानसिक अवस्था केही खराब भएकोले दुई महिना यताबाट औषधी खाइरहेको मृतका छोरा दिलीपले बताए । मृतक राजवंशीको घर देखि घटनास्थल करिव ८ किलोमीटरको दुरीमा रहेको छ । घटनापछि शवलाई मेची अञ्चल अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ ।