धरान / धरानस्थिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता भित्र वाइलोजी विभागको डाक्टरले चलाएको कार आज दुर्घटना भएको छ । मुख्य गेट नजिक बा४च ७२९ नं.को कारले ठक्कर दिदा अर्का एक डाक्टर घाइते भएका छन् ।

कारकाे ठक्करले प्रतिष्ठानकाे मेडिसियन विभागमा कार्यरत राजविराज –३, सप्तरीका डाक्टर पुस्पेन्द्र तिवारीकाे खुट्टा भाचिएको बताइएकाे छ । उनको प्रतिष्ठानको इमेरजेन्सीमा उपचार भइरहेको छ ।

दुर्घटना गराउने डाक्टरकाे नाम खुल्न सकेको छैन् । प्रतिष्ठानको आवास तिरबाट तिव्रगतिमा आएको कार मोडिएर इमेरजेन्सीतिर जान लाग्दा पैदल यात्रीलाई ठक्कर दिएको हो । कार नालीमा पसेको छ ।