धनकुटा / चौबिसे गाउँपालिका वडा नं. ३ कुरुलेतेनुपा स्थित् सोगुम घर भएका ६९ वर्षीय एक वृद्धको हत्यारालाई प्रहरीले वुधवार पक्राउ गरेको छ । पक्राउ परेका हत्यारालाई प्रहरीले विहवार पत्रकार सम्मेलन गरेर सार्वजानिक गरेको छ ।
वस्तु चराउन नावा खोला गोठमा वस्दै आएका सन्तलाल याखा (लेके वढाउ)को तुम्मेवा गाउँपालिका वडा नं.२ वस्ने वर्ष २३ का मुकुन्दे भनिने रमेश लावतीले गएको माघ ३ गते हत्या गरी फरार भएको थिए ।
ढेड महिना पछि प्रहरीले फरार हत्यारालाई चौविसे गाउँपालिकाको मुढेवास नजिकैवाट पक्राउ गरेको हो । वृद्ध याखालाई निज लावतीले लठी प्रहार गरेर ढाले पछि गर्दनमा खुकरी प्रहार गरी हत्या गरेको प्रहरीको वयानमा उल्लेख छ ।
उनले गएको माघमा ३ हल गोरु विक्रि गर्न ८ हजार वैना लिएको र त्यही वैना लिएको पैसा निज लावतीले थाहा पाए पछि हत्याको योजना वनाएको प्रहरीको प्रारम्भिक वयानमा खुलेको छ । लावतीले शुरुमा ५ हजार पैसा मागेका थिए, वृद्ध याखाले इङ्गकार गरेपछि गोरु विक्रि गर्न वैना लिएको ८ हजार लुट्न उनको हत्या गरिएको स्वीकारे छन् ।
याखालाई माघ ३ गते करिव ३ वजेको समयमा नावा खोलाको सार्के खेतमा हत्या गरेर फ्याकिएकोे अवस्थामा भेटिएको थियो । बुधबार नै म्याद थप गरि अनुशन्धान थालिएको प्रहरी प्रमुख सुरेन्द्रवहादुर गुरुङ्गले जानकारी दिए ।