धरान / धरान उपमहानगरपालिका–८ स्थित ल्यावोरेटरी माविका प्रधानाध्यापक(प्रअ)ले आफ्नै भूपु विद्यार्थीलाई गर्भवती बनाएको सार्वजनिक भएको छ ।
प्रअ रुद्रबहादु्र लुङ्वा अर्कैसँग सल्केको थाहा पाएर श्रीमतिले मानो चामलका लागि अदालतमा मुद्धा दिए पछि घट्ना बाहिरीएको हो ।
३० बर्षीय ती युवतीलाई गत बर्ष कक्षा ८ मा भनार्च गरेका थिए । उनीहरु विच बढि हिमचिम भए पछि ती युवतीले कक्षा ९ मा भने भर्ना गरिनन् । माओवादी द्वन्द्वकालमा पढ्न नपाएको पाए पछि उनलाई आफुले पहल गरेर विद्यालय भर्ना गरेको लुङ्वाले स्वीकार गरेका छन् ।
पदीय हिसावले आफुले गल्ती गरेको स्वीकार्दैं विद्यालय व्यवस्थापन समितिसँग सरुवाको प्रक्रिया गरि दिने उनले एक साता अघि आग्रह गरेका थिए । घट्नालाई ढाकछोप गर्दै विद्यालय व्यवस्थापन समितिले पनि सरुवाको लागि निर्णय गरेको बताइएको छ ।
घट्ना बाहिरीए पछि गत फागुन १२ गतेदेखि घर विदामा बसेका लुङ्वा एक हप्तासम्म चलखेल गरि पुनः सोही विद्यालयमा बस्ने वातावरण बनाएर फर्कने कुरा भए पछि अन्य शिक्षकहरुले विरोध गर्दै घट्नालाई सार्वजनिक गरेका छन् । उनकाे विदा अाज सिकदैंछ ।
‘उ पनि पीडित हो । मैले गल्ती गरि हाले । त्यो जिम्मा लिन्छु । दुवैलाई मिलाएर बस्छु ।’–प्रअ लुङ्वाले भने–‘पहिलो श्रीमतिसँग पनि सहमति भएको छ । म उनीसँगै बसि रहेको छु । उनले मुद्धा फिर्ता लिने तयारीमा छन् ।’
यस विषयमा उनकी श्रीमति डोल्मा शेर्पासँग बुझन फोन गर्दा फोन रिसिर्भ गरिनन् । यसै विच उनको विषयमा छलफल गर्न यति बेला विद्यालय व्यवस्थापन समिति र शिक्षकहरु विच छलफल भइरहेको छ ।
































