पथरी/ मोरङको कानेपोखरी गाउँपालिका–६, स्थित रमाइलोमा स्थापित रमाइलो युवा परिवारले ‘कानेपोखरी सरोकार’ विचारको अधिकार नामक श्रृङखलाको दोस्रो कार्यक्रम सम्पन्न गरेको छ ।
कानेपोखरी–६, रमाइलो चौकस्थित रमाइलो हस्पिटलको प्राङ्गणमा भएको विचार गोष्ठीले कानेपोखरी क्षेत्र भित्रका विभिन्न प्रकारका सवारी साधनको समस्याको बारेमा छलफल गरेका थिए । छलफल कानेपोखरी गाउँपालिकाका प्रमुख ताराबहादुर काफ्लेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो । वडा नंं ६ का वडाध्यक्ष खड्ग बस्नेत, इलाका ट्राफिक प्रहरी कार्यालयका प्रमुख विनोद खतिवडा, प्रहरी चौकी रमाइलोका हरीबहादुर कार्की, रमाइलो साकोसकाबाट भोला अधिकारी, रमाइलो व्यापार संघबाट डिल्ली फुयल उपस्थित भएका थिए ।
त्यसैगरी विद्यालयबाट राजेश कार्की, रमाइलो जेसिजबाट हिम तिम्सिना, लायनस क्लब अफ कानेपोखरीबाट कुमार फुयल, यातायात व्यवसायीबाट डिल्ली सेर राई, ट्याक्टर व्यवसायी संघबाट प्रदिप राई, टिफर व्यवसायी संघबाट गणेश सुवेदी, बस व्यवसायी संघबाट दाउद राई, हलुका सवारी साधन व्यवसायी संघबाट भानु फुयल,समाजीक व्यक्तित्वबाट देवेन्द्र थापा,महेन्द्र बोहोरा र गोपाल भट्राई, यातायात व्यवसायी संघबाट मोहन गौतम, नेपाल कम्युनिष्ट पार्टीबाट मनोज राजवंशी, नेपाली कांग्रेस पार्टीबाट सन्तोष फुयल उपस्थीत भएका थिए ।
उपस्थित व्यक्तित्वहरुले कानेपोखरी क्षेत्र भित्र चल्ने सवारी साधन बस, टेम्पो, हल्का सवारी साधनको भाडा दररेट निर्धारण गर्ने सहमती भएको क्लबको अध्यक्ष नविन पौडेलले बताए । त्यसैगरी कानेपोखरी–रंगेली सडकमा तिब्र गतीमा चल्ने टिफर र ट्याक्टरको गती सिमत गर्ने पनि सहमती भएको छ । विभिन्न प्रकारका यातायातमा देखिएको समस्याको समाधान गर्न कानेपोखरी गाउँपालिका वडा नं. २, का वडाध्यक्ष तथा कानेपोखरी गाउँपालिकाका प्रवक्ता सुशिल बुढाथोकीको संयोजकत्वमा समिति गठन भएको छ । समितिको सदस्यहरुमा राजेश कार्की, हिम तिम्सिना, कुमार फुयल, डिल्ली सेर राई, प्रदिप राई, गणेश सुवेदी, दाउद राई, भानु फुयल, देवेन्द्र थापा, महेन्द्र बोहोरा, गोपाल भट्टराई, मोहन गौतम, मनोज राजवंशी, सन्तोष फुयल र मनोज अधिकारी रहेका छन् ।
समितिले चैत २ गते गाउँपालिकाको कार्यालयमा पहिलो बैठकले साना तथा ठूला यातायातको भाडा दररेट र टिफर, ट्याक्टरको गति सिमितबारेमा निर्णय गर्ने अध्यक्ष पौडेलले बताए । यस अघि रमाइलो युवा परिवारले कानेपोखरी वडा नं. ६, साविक बयरवन ८, ‘ग’ नक्शामा देखिएको समस्य सामाधान गर्नका लागि एक कार्यक्रमको आयोजना गर्दै पहल समिति गठन गरेको थियो ।
































