पथरीशनिश्चरे  / नयाँशक्ति पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नम्वर १ का संयोजक देवराज भण्डारी सहित मोरङ ३ का २ सय ८ जना नेता कार्यकर्ता नेपाल कम्यूनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

मोरङको पथरीशनिश्चरेमा नेकपाले वुधवार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नवप्रवेशीहरुलाई स्वागत गर्दै एकता र सहकार्यले मात्र मुलुक समृद्ध हुने बताउँदै खुसी प्रकट गरे । सो सन्दर्भमा उनले थपे ‘नयाँशक्तिका अध्यक्ष डाक्टर बाबुराम भट्टराईको पनि अन्ततः आउने ठाउँ पुरानै घरका रुपमा रहेको नेकपा नै हो ।’
उनले सुकुम्वासी सहितका बसोवासको समाधान गर्न सरकारले निर्माण गरेको कानून अन्तिम चरणमा पुगेको जनाउँदै पथरीशनिश्चरेमा निर्माण हुने प्रदेशकै गौरवको आदिवासी जनजाति सहितको बहुजातिय साँस्कृतिक संग्रहालयको प्रक्रिया अघि बढेको जानकारी दोहोर्याए ।
पार्टी प्रवेशी अगुवा देवराज भण्डारीले एकीकृत रुपमा देशको समृद्धिको अभियानमा आफुहरु एकाकार भएको धारणा राखे । उनले आफुले केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईसँग समेत एकीकरणका विषयमा कुरा गरिरहेको जनाए । आफुले नयाँशक्तिका प्रदेशका अगुवाहरुसँग कुरा गरिरहेको समेत वताए ।
पथरीशनिश्चरे १ निवासी भण्डारी ०४२ सालदेखि ०५४ सम्म एमाले, ०५५ देखि ०७२ सम्म माओवादी र ०७२ देखि जनशक्ति पार्टीमा रहेका थिए । माओवादीमा रहँदा जनमुक्ती सेनाको बटालियन् कमिसार समेत भइसकेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा, नयाँशक्तिका केन्द्रीय परिषद सदस्य एवम् युवाका केन्द्रीय सचिव बाबुराम न्यौपाने, प्रदेश सदस्य एवम् पूर्व जनमुक्ति सेनाका मोरङ संयोजक जितबहादुर रसाइली, राज्य कमिटी सचिवालय सदस्य बासु बराल, प्रदेश सदस्य एवम् ३ नम्वर क्षेत्रीय संयोजक पर्शुराम मिश्र सहित पार्टीमा प्रवेश गरेका छन् ।
सूर्यबहादुर श्रेष्ठ, यशोदा खनाल, डिल्ली आपागाईं, खगेन्द्र वस्नेत, कृष्ण खड्का, नेत्रप्रसाद दहाल, चिन्तामणि पोखरेल, भूपाल ठटाल, नगेन्द्र रिजाल, रोशन खरेल, पूर्ण लिम्बू, नगेन्द्र रिजाल, टीकाविक्रम चौहान, मानबहादुर श्रेष्ठ, उमानाथ भण्डारी, कुलमाया भण्डारी, घनश्याम गिरीले पनि नेकपामा प्रवेश गरेका छन् । सन्तोष ढुंगेल, गोपाल ठटाल, हरि गिरी, टंक घिमिरे, ताराप्रसाद ढकाल, ख्याम न्यौपाने, झलराज तिम्सिना, दुर्गाप्रसाद तामाङ, अर्जुन श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, दुर्गादेवी तिम्सिना, विशाल राई सहितले समेत पार्टी प्रवेश गरेको कार्यक्रममा जनाइएको छ ।

कार्यक्रममा, संविधानसभा सदस्य चण्डीप्रसाद राई, लालबहादुर सुस्लिङ, पूर्व सांसद ऋषिकेश पोखरेल, नेकपाका केन्द्रीय सदस्य विनोद ढकाल, गोपी अछामीसहितका नेताहरुको उपस्थिती रहेको थियो ।