धरान / माेफसलको पहिलो रंगीन दैनिक ब्लाष्ट टाइम्स दैनिकको सम्पादकमा पत्रकार गोपाल दाहाललाई नियुक्ती गरिएको छ ।
पूर्वक्षितिज प्रकाशन प्रालिले उनलाई हिजोदेखि सम्पादकको जिम्मेवारी दिइएको हो ।
विभिन्न पत्रपत्रिकाहरुमा काम गरेर लामो अनुभव संगालेका दाहाल खोज पत्रिकारितामा बढि लगाव रहेको छ ।
डेढ दशकदेखि पत्रकारितामा सक्रिय दाहालको दैनिकमा सहभागिताले पत्रिकाको उचाई अझ बढ्ने पत्रिकाका प्रधान सम्पादक राजकुमार कार्कीले बताए ।  उनलाई आइतबार एक कार्यक्रमको आयोजना भव्य स्वागत पनि गरिएको थियो । प्रालिले दैनिक पत्रिकार  ब्लाष्ट खवर अनलाइन संचालन गदैं अाएकाे छ ।