विराटनगर / १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरबाट प्रहरी जवानको आधारभूत तालिम लिएर १ सय ३५जना प्रशिक्षार्थी प्रहरी जवान दिक्षित भएका छन् ।
१ सय ३६ औं दिक्षान्त समारोहबाट १९ जना महिला र १ सय १६ जना पुरुष गरि जम्मा १ सय ३५ जना प्रहरी जवान दिक्षित भएका हुन् । प्रदेश प्रहरी तालिम केन्द्रले विराटनगरमा शुक्रबार एक कार्यक्रमको बिच उनीहरूलाई दिक्षित गरेको हो । दक्षित भएका जवानहरू आफ्नो क्षेत्रमा खटिनेछन् ।
दक्षित भएका प्रहरीहरूले २ सय १९ दिनको तालिम दिएका थिए । गत जेठ १६ गतेदेखि तालिम दिक्षित भएका प्रहरी जवानहरूले दिएको प्रदेश प्रहरी तालिम केन्द्रले जनाएको छ ।
दिक्षित भएका प्रहरी जवानहरूलाई निर्देशन दिदै कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी केदार रिजालले प्रहरी संगठनको नीति अनुसार राष्ट्रिय सेवामा समिर्त भइ शान्ति सुरक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । उनले तालिममा सिकेको ज्ञान, शिपलाई व्यवहारमा उतार्नुपर्ने बताए । ‘प्रविधिको विकास सँगै अपराधिक गतिविधि बढेको छ,’ उनले भने,‘चनाखो भएर अपराधिक क्रियाकलाप नियन्त्रण गर्न लाग्नु पर्दछ ।’
दिक्षान्त समारोहमा उत्कृष्ट हुने विभिन्न १० विधामा प्रशिक्षार्थी प्रहरीलाई सम्मान तथा पुरस्कृति गरियो ।
तालिमको अवधिमा अनुशासन प्रथम पुरुषतर्फ प्रशिक्षार्थी प्रहरी जवान राजेन्द्र ताजपुरीया, महिलातर्फ लक्ष्मी कुमारी थारू घोषित भइन् । त्यस्तै सर्वद्धितीयमा योगन्द्रराज निरौला, सर्वतृतीयमा सूर्यकुमार एकतिन भए । कावाज प्रथम कृष्ण कुमार थारू, चाँदमारी प्रथम मोनराम राई, शारीरिक व्यायम प्रथम अजय राई, प्रहरी युक्ती तथा कारवाही आशिष लिम्बु र अध्ययन प्रथममा आदित्य मणी तिवारी भए । उत्कृष्ट हुने प्रहरी जवानलाई पुरस्कार डिआइजी रिजाल र प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक सहकुल बहादुर थापाले वितरण गरे । दिक्षीत भएका प्रहरी जवानहरूको दज्र्यानी चिन्हको सुशोभन आ–आफ्नो अभिभावहरूले गरिदिएका थिए ।