धरान/ सेवालुङ यातायात प्रालि धरानले आफ्ना चालकहरूलाई सवारी चालक पोसाक वितरण गरेको छ ।
प्रालिका अध्यक्ष पूर्णबहादुर राई, संरक्षक अमर ईजम लिम्बूले चालकहरूलाई मङ्गलबार पोसाक वितरण गरेका हुन् । सरकारले आउँदो फागुन २५ गतेबाट पोसाक अनिवार्य गरेपछि प्रालिमा आवद्ध चालकहरूलाई पोसाक वितरण गरिएको संरक्षक लिम्बूले जानकारी दिए । त्यसक्रममा पोसाकको औचित्यबारे पनि चालकहरूलाई प्रस्टाइएको थियो ।
































