धरान / धरानबाट धनकुटातर्फ जाँदै गरेको बस धनकुटाको साँगुरीगढी गाउँपालिका–७ कातिकेमा ब्रेकफेल भई दुर्घटना भएको छ । बच्नलाई बसको ढोकाबाट हाम फाल्दा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोशी राजमार्ग अन्तर्गत धरानबाट धनकुटातर्फ जाँदै गरेको को १ ख ७१६९ नम्बरको बस ब्रेकफेल हुदा बसमा सवार वृद्ध मान्छे बसको ढोकाबाट हाम फालेको बताइएको छ ।
घट्ना दिउसो १२ बजेतिर भएको थियो । उनलाई उपचारका लागि धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा सवार अन्य ४ जना समेत घाइते भएका छन् । उनीहरुको पनि प्रतिष्ठानमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।