धरान / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकता अत्याधुनिक हतियारसहित धरानबाट आज विहान पक्राउ परेका छन् ।
धरान–५ स्थित पानवारी सडकखण्डमा मोटरसाइकलबाट पूर्व जादँदै गरेको अवस्थामा मोरङको बेलबारी नगरपालिका–१० का सन्दीप भनिने देवकुमार लिम्बूलाई चेकजाँचको क्रममा पक्राउ गरिएको हो । उनको साथबाट लङ मेसिन गन र एम–१६ गन बरामत गरिएका पानवारी प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।
चेक गर्नेक्रममा उनीहरु झुक्याएर भागेका थिए । करिव ५ किमी बुढि खोलामा पुगे पछि प्रहरीले पिछा गरि समाएको थियो । पानवारी प्रहरी चौकीका असई खड्ग चापागाईको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । खोलामा उनीहरुले कुदाएको को५प ७५ नं.को मोटरसाईकल लडे पछि समातिएको हो । हतियार बोकेर पछाडी बस्ने व्यक्ति भने हतियार छाडेर भागेका बताइएको छ ।
बरामद हतियारबारे विज्ञ टोली मगाएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए ।