धरान/ लागूऔषधसहित धरान–५ का एक युवा सोमबार पक्राउ परेका छन् ।
लागूऔषध बिक्री हुँदै गरेको सूचनाको आधारमा धरान–१५ सेउती खोला नजिकैबाट सुमन परियारलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
परियारको साथबाट २० थान टिडीजेसिक बरामद गरेको इलाका प्रहरी कार्यालय धरानको सञ्चार शाखाले जनाएको छ ।
टिडीजेसिकमा एभिल, डाइजेल्याब र लुपिजेसिकको मात्रा मिलाइएको हुन्छ । उनलाई लागूऔषध मुद्दामा म्याद थप गरी कारबाही अघि बढाइएको इप्रका धरानले जनाएको छ ।