रक्तचाप अथवा ब्लडप्रेसर हरेक मानिसलाई सामान्य मात्रामा हुन्छ । यो हुनु भनेको नै मानिस जीवित रहनु हो । रक्तचाप सामान्यभन्दा धेरै भयो भने उच्च रक्तचाप र सामान्यभन्दा कम भयो भने न्यून रक्तचाप भनिन्छ । मुटुको खुम्चिने र फैलिने प्रक्रिया आमाको गर्भमा हुँदादेखि नै शुरु हन्छ र जीवनको अन्तिम समयसम्म रहन्छ ।
जुनबेला मुटुको गति हुँदैन त्यही बेला मानिसलाई मृत घोषित गरिन्छ । त्यसैले मुटु खुम्चिँदा र फैलिँदा मुटुमा भएको रगत रक्तनसा भएर शरीरमा पुग्ने क्रममा रगतको वेगले नसामा देखाउने दबावलाई रक्तचाप भनिन्छ ।
मुटु खुम्चिँदा रक्त नसामा देखिने अधिकतम् दबावलाई सिस्टोलिक(माथिको) र मुटु फैलिदा रक्तनसामा देखिने दबाबलाई डइस्टोलिक(तलको) प्रसर या रक्तचाप भन्न्छि । औषत रक्तचाप १२०÷८० एमएमअफ एचजी हो तर प्लस या माइनस १५ लाई सामान्य मानिन्छ । यदि सामान्य भन्दा कम देखिएमा न्यून रक्तचाप र धेरै देखिएमा उच्च रक्तचाप मान्न्छि ।
सामान्यतया १४०÷९० एमएम अफ एचजीलाई बोर्डर विन्दु भन्निछ । यदि यो लामो समय रहिरहेमा या उच्च अवस्थामा देखिएमा नियन्त्रण गर्ने औषधिको आवश्यकता पर्छ । रक्तचाप उच्च भएमा टाउँको दुख्ने, तनावमा रहने, चाँडै रिसाउने, टाउको या हातखुट्टा निदाउने जस्ता लक्षण हुन्छन् भने न्यून रक्तचाप भएमा कमजोरी देखापर्ने, धेरै निन्द्रा आउने, थकाइ लाग्ने, काममा मन नलाग्ने जस्ता लक्षणहरू देखा पर्छन् ।
न्यून रक्तचाप भएमा सामान्यतया झोलिलो र पोषिलो खाना खाएमा ठीक हुन्छ । नभएमा अन्य रोगजस्तो हाइपोथाइराइड या अन्य रोग हुनसक्छ । समयमा नै जँचाउनु राम्रो हुन्छ । यसरी नै उच्च रक्तचापलाई समयमा नै नियन्त्रणमा राख्न सकिएन भने यसले मिर्गौला, आँखा या मस्तिष्कलाई नै असर गर्ने र कि त पक्षाघात या अचानक मुत्यु र सबैभन्दा धेरै जोखिम भनेको मिर्गौला फेल हुने हुन्छ । त्यसैले बेलैमा सचेत भएर कम्तिमा ३० वर्ष नाघेका र जोखिम बढी भएका कुनै पनि उमेरकाले नियमित रक्तचापको जाँच गराउनु पर्छ ।
रक्तचाप जाँच गरेर मात्रा थाहा पाउन सकिने हुँदा यसका लक्षणहरू सबै मानिसमा नदेखिन पनि सक्छन् । आजकल धेरै मानिसहरू तनावमा काम गर्ने, रातिको सुताइ र आराम कम हुने, खानामा अत्यधिक चिल्लो, मसला, मासुजन्य परिकार, फास्टफुड अनि चुरोट पिउने लतजस्तै अवस्थामा पुगेको देखिन्छ । एकै पटकको बसाइमा पोलेको मासु, चुरोट र मादकपदार्थ सेवन गरिन्छ ।
यसमा चिल्लो, नुनिलो र निकोटिन धेरै हुने भएकाले रक्तचाप बढ्ने, केलेस्टेरोल बढ्ने र ज्यान पनि मोटो हुने गर्छ । परिणाम उच्च रक्तचाप । जसको समयमै नियन्त्रण नभएमा विस्तारै रक्तचापका कारण मिर्गाैलामा पनि अनावश्यक दबाव पर्न जान्छ । अनि थाहै नपाई मिर्गौला फेल हुनेको सङ्ख्या दिन प्रतिदिन बढेको बढेकै छ ।
सामान्यतया मिर्गौलाको आप्mनो काम मुटुबाट आएको रगतमा रहेका शरीरलाई नचाहिने तŒवहरू जस्तै सोडियम पोटासियमजस्ता अनेकन तत्वलाई त्यहाँ रहेका असङ्ख्य सूक्ष्म नेफ्रोनहरूले छानेर आवश्यक मात्रामा राख्ने र अनावश्यकलाई पिसाबको माध्यमबाट भएर बाहिर निकाल्ने काम गर्छ ।
साथै विभिन्न प्रकारका हर्मोनको उत्पादन गर्ने काम पनि गर्छ । यदि मिर्गौलामा अनावश्क दबाव या रक्तसञ्चारमा अनियमितता भएमा नियमित काममा गडबढी हुनपुग्छ । परिणाम विस्तारै मिर्गौलाले काम गर्न छाड्र्दै जान्छ । जसलाई हामी किड्नी फेल भएको भन्दछौं । यसको मुख्य कारण उच्च रक्तचाप नै हो । अन्य कारणहरू पनि हुन्छन् तर नगण्य मात्रामा हुन्छन् । लामो समयसम्म पिसाबमा खराबी, पत्थरिया, पानीको कमी, खानपान, अत्यधिक गर्मीमा बसाइ या काम गराइ पनि मिर्गौला फेल हुने कारण हुन् । त्यसैले बेलैमा सचेत हुनु आवश्यक हुन्छ ।
पिसाबको सामान्य जाँचबाट पनि मिर्गौलाको अवस्था पत्ता लगाउन सकिने र रक्तचापको जाँचबाट रक्तचाप थाहा पाउन सकिने हुँदा बिना ठूलो खर्च आप्mनो शरीरको अवस्था पत्ता लगाएर ढुक्क रहन सकिन्छ । यदि समयमा नै उपचार या सतर्कता नअपनाएमा धेरै असहज परिस्थितिको सामना गर्नुपर्ने हुन्छ ।
त्यसैले उच्च रक्तचापलाई स्लो पोइजन अथवा मन्द विष पनि भन्ने गरिन्छ । आजकल हरेक अस्पतालमा उच्च रक्तचाप भएका बिरामीको सङ्ख्या धेरै पाइन्छ भने यसकै कारण मिर्गौला रोगी त्यसमा पनि मिर्गौला फेल भएका र डायलाइसिस गर्नेको संख्या बढेको देख्न सकिन्छ । यो अवस्थामा कि त बाँचुन्जेल डाइलाइसिस या मिर्गौला प्रत्यारोपण । यी दुवै काम त्यति सहज छैन । नेपाल सरकारले यस्ता बिरामीलाई सहयोग गर्ने गरेको भए पनि अपर्याप्त छ ।
त्यसैले समयमा नै सजग रहौँ । थोरै खाऔँ, धेरै पानी पिऔँँ । फास्टफुड, नुन, चिल्लो धेरै भएका खानेकुरा नखाऔं । हरेक दिन व्यायाम र योग अभ्यास गरौं । तनाव कम गर्न सिकौं । सामाजिक भावना राखौं । र, समय–समयमा या केही असहज हुने बित्तिकै चिकित्सकको सल्लाहमा मात्रै औषधिको सेवन गरौं । विशेष गरेर मिर्गौला रोग लागिसक्दा पनि धेरैलाई समस्या या कुनै लक्षण नदेखिने हुँदा अझ धेरै सचेत रहन आवश्यक छ । मिर्गौला फेल भएका बिरामीमा मिर्गौलाले रगतमा भएका अनावश्यक तŒवलाई छानेर पिसाबमार्फत् बाहिर फ्याँक्न सक्दैन ।
यसो हुँदा अनावश्यक तत्व शरीरमा नै जम्मा हुनपुग्छ । शरीर सुन्निने, पिसाब कम हुने, पेट सुन्निएर श्वास फेर्न कठिन हुने, बान्ता हुने, रगतको मात्रा घट्ने अथवा रक्तअल्पता देखापर्ने जस्ता लक्षण विस्तारै देखापर्छन् । आजको स्वास्थ्य विज्ञानमा धेरै उपचार पद्धतिको विकास भएको छ । यसमा होमियोप्याथिक उपचार पद्धतिबाट मिर्गौलासम्बन्धी धेरै प्रकारका रोगको सफल उपचार हुनसक्ने भएको छ ।
पत्थरिया, पिसाबमा पटक–पटक सङ्क्रमण, प्रोस्टेटका कारण पिसाबमा समस्या र मिर्गाैला फेल भएको खण्डमा र डायालाइसिसपूर्व नै होमियोप्याथिक उपचार लिएमा सहज, सरल तरिकाले बिरामीको सफल उपचार हुन्छ ।