काँकडभिट्टा । झापा मेचीनगर नगरपालिका–१५ कछुवारीमा मंगलबार बिहान लखिन्द्र राजवंशीले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

घरेलु औजार फरुवा प्रहार गरेर ३४ वर्षीय जेठी पत्नी चम्पा राजवंशीको हत्या गरेको हो । उनले शुरुमा बाँसले टाउँकोमा प्रहार गरेको स्थानीयले बताए । कान्छी श्रीमतीसँग बस्दै आएका लखिन्द्रले सहयोग नगरेपछि विवाद बढ्दै गएको थियो । सोही विवादका क्रममा फरुवा प्रयोग गरेर हत्या गरिएको इलाका प्रहरी कार्यालय धुलाबारी झापाले जनाएको छ । हत्याका आरोपी श्रीमान लखिन्द्रलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही अघि बढाएको छ । धुलाबारी प्रहरी निरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिए ।