भद्रपुर / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दूराष्ट्रलाई पाखा लगाएर धर्मनिरपेक्ष र सङ्घीयता कार्यान्वयनमा ल्याए पनि जनताले सकरात्मक परिर्वतनको अनुभूति गर्न नपाएको बताएका छन् ।
पूर्वको ताप्लेजुङ् जिल्लाको सदरमुकामबाट वुधबारदेखि शुरु हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको उद्घाटन गर्न मङ्गलबार झापाको चन्द्रगढी विमानस्थलमा आएका अध्यक्ष थापाले पत्रकारसँग यस्तो बताएका हुन् ।
वि.सं. २०६२÷६३को जनआन्दोलन पछि परिवर्तनलाई संस्थागत गर्ने क्रममा देशमा महत्वपूर्ण राजनीतिक परिर्वतन भए पनि यसले विपरित र नकरात्मक परिणाम दिइरहेको धारणा राखेका थिए । राप्रपाले हिन्दूराष्ट्र पूर्नस्थापनालगायतका विभिन्न मागहरु राखेर मेची महाकालीको यात्रा तय गरेको उल्लेख गरे ।
शान्ती प्रकृया टुङ्गोमा पुग्न लागेको समयमा नयाँ ढङ्गबाट माओवादी विद्रोहको पूनरावृत्ति भएको थापाले बताएका छन् । नेपालको सनातन धर्म र संस्कृति कमजोर हुदै गइरहेको छ भने अर्थतन्त्र धरायसी भएको उनले भनाई छ । पछिल्लो पटक प्रशासन, संवैधानिक अङ्ग, सुरक्षा निकाय, न्यायपालिकालगायत तीब्र पार्टीकरणको चपेटामा परेको उनले बताए । राजादेखि माओवादीसम्म अटाउन सक्ने राजनीतिक प्रणालीको स्थापना कायम गर्ने अभियानको मूख्य लक्ष्य रहेको उनले बताए ।
हिन्दूराष्ट्र पूर्नस्थापनालगायतका केही सैद्धान्तिक, केही राष्ट्रिय र जनसरोकारका माग राखेर राप्रपाले गत फागुन ७ गते सरकार र प्रधानमन्त्री केपी ओलीलाई २२ बुँदे ज्ञापन पत्र बुझाइसकेको उनले जानकारी गराएका थिए । फागुन मसान्तसम्म सरकारले माग सम्बोधन नगरेमा चैत्रको पहिलो हप्ताबाट देशव्यापी जनसङ्घर्ष शुरु हुने उनले जनाए । पहिलो चरणमा देशका ७ सय ५३ वटा स्थानीय तह, जिल्ला सदरमुकाम ,प्रदेश राजधानी केन्द्रीत हुदै अन्तीम काठमाडौमा हुने सभाले माग पूरा हुने आसा र विश्वास लिएको उनले जनाए । जनसङ्घर्ष कुनै दल सरकार,धर्मका बिरुद्ध नभएर राष्ट्रबादी जनसङ्घर्षको अभियान हुने उनको भनाइ छ । अभियानलाइ संविधानको परिधी भित्र रहेर शान्तीपूर्ण जनसङ्घर्ष गरिने उनले बताए ।
वुधबारबाट शुरु हुने मेची– महाकाली यात्रा आउँदो विहीबार विर्तामोडमा शक्ती पर्दशन गरेर सूदूरपश्चिमको कञ्चनपूर ,कास्की,तनहुँ ,धादिङ् हुदै अनुमानित २ सय भन्दा बढी कोण सभा गरेर फागुन ३० गते काठमाडौमा पहिलो चरणको अभियान सम्पन्न हुने पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जनाए ।