धरान / १ बर्षदेखि सवारी चालक दुर्घटनामा दोषी देखाई साउदी अरबको जेलमा सजाय भोगिरहेका सुनसरीको बराह नगरपालिका २ का भुपाल बस्नेतलाई जेलमुक्त गर्न नेपालमा ब्लडमनी संकलन गरिएको छ ।
बस्नेत साउदी अदालतको फैसला अनुसार ब्लड मनि बुझाउन नसकी जेल जीवन बिताइरहेका थिए । उनलाई जेल मुक्त गर्न प्रवासी नेपाली समन्वय समितिको अगुवाईमा नेपाली २३ लाख रकम संकलन गरि सुनसरी क्षेत्र नं. १ का सांसद जयकुमार राईको सहभागीतामा हिजो परराष्ट्र मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
विभिन्न व्यक्ति चन्दादाता, संघ संस्थाहरुबाट सहयोग उठाइ परराष्ट्र मन्त्रालय मार्फत पठाइएको हो । पैसा पठाउन र संकलनका लागि सांसद राईले पहल गरेका थिए ।