धरान । अमेरिकामा एक नेपालीको गोली हानी हत्या गरिएको छ । अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेथ टाउनमा लमजुङका सभाष घलेको गोली हानी हत्या गरिएको हो ।
घलेसहित दुई जनाको बिहीबार मृत्यु भएको विदेशी सञ्चारमाध्यमले जनाएको छ । हतियारधारीले गोली चलाउँदा घलेसहित बन्दुकधारीकै आफ्नै प्रेमिकाको समेत हत्या गरेको समाचारमा उल्लेख छ । गोली लागेर दुई जना घाइते बनेका थिए । गोली चलाउनेहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाइ उदृत गर्दै विदेशी मिडियोले लेखेका छन् ।
घलेको मृत्युप्रति एलिजावेथ टाउनमा बस्ने नेपालीहरूले भेला भएर श्रद्धाञ्जली अर्पण गरेका छन् । घलेले टी–मार्ट सञ्चालन गर्दै आइरहेका थिए । उनको टी–मार्ट अगाडि नै पुष्पगुच्छा चढाउँदै दीप प्रज्वलन गरिएको थियो ।