सप्तरी/ बोल्न नसक्ने अपाङ्गता भएकी २० वर्षिया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईलाई पक्राउ गरेको छ ।
कञ्चनरुप नगरपालिका–५ पथरी बस्ने २५ वर्षिय भीम मुखिया र सोही ठाउँका ३५ वर्षिय भरत मुखियालाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले पक्राउ गरेको जनाएको छ ।
ललाइफकाइ कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलमा लगेर शुक्रबार साँझ जबर्जस्ती करणी गरेको आरोपमा दुवैलाई पक्राउ गरिएको प्रहरी निरीक्षक प्रतीक विष्टले जानकारी दिए ।