सिराहा । जिल्ला सिराहा गोलबजार नगरपालिका वडा नं. ६ स्थितमा अवैध रूपमा मदिरा उत्पादन गर्ने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहा मातहत इलाका प्रहरी कार्यालय गोलबजार सिराहाबाट खटिएको प्रहरी टोलीले जिल्ला सिराहा गोलबजार नगरपालिका वडा नं. ६ स्थितबाट उत्पादित घरेलु मदिरा ५० लिटर, कच्चा पदार्थ तिन हजार लिटर तथा उक्त मदिरा बनाउने भाँडाकुँडा समेत बरामद गरी स्थानिय बासिको रोहबरमा नष्ट गरिएको प्रहरी कार्यालय सिरहाका प्रवत्ता एवम् डिएसपी माधवराज खरेलले जानकारी दिए ।