ताप्लेजुङ/ लागु औषध खैरो हिरोईन सहित पक्राउ परेका दुईजनालाई पुर्पक्षका लागि ताप्लेजुङ कारागार चलान गरिएको छ । अन्य पाँच जना भने धरौटी राखी तारेखमा छुटेका छन् ।

गत मंसिर ५ गते जिल्लाको फुङ्लिङ नगरपालिका वडा नं ५ बुद्धचौकबाट २ जना र सोहि दिन फुनपा २ वाट ५ जना पक्राउ परेका थिए ।

बुद्धचौकवाट पक्राउ परेका खगेन्द्र भट्टराई र सन्तोष शेर्पाको साथबाट ४ सय ३० मिलिग्राम खैरो हिरोईन त्यसैगरि वडा नं २ वाट ६ सय ५० मिलिग्राम सहित दिपेन विश्वकर्मा, अनुप गुरुङ, अभिषेक मादेन, आशिस राई र हरीराज श्रेष्ठ पक्राउ परेका थिए ।

उनिहरु मध्ये खगेन्द्र भट्टराई र दिपेन विश्वकर्मालाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो ।

यस्तै अनुप गुरुङ, अभिषेक मादेन, आशिस राई हरिराज श्रेष्ठ र सन्तोष शेर्पा धरौतीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।