ताप्लेजुङ / ताप्लेजुङ सदरमुकाम फुङलिङमा मंगलबार दिउँसो भएको मोटरसाइकल दुर्घटनाका गम्भीर घाइते पाथिभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङ्खोल्याङका २६ वर्षीय अमिर वर्देवाको समेत मृत्यू भएको छ । ताप्लेजुङ अस्पतालमा उपचार हुन नसकेपछि रेफर गरिएकोमा पाँचथरमा पुगेपछि मृत्यू भएको ताप्लेजुङ प्रहरी प्रमुख सञ्जयसिंह थापाले जानकारी दिए । सो दुर्घटनामा इलामको देउमाई नगरपालिका वडा नं १ की २२ वर्षिय सृजना गुरुङको घटनास्थल मै मृत्यूभएको थियो ।
फुङलिङ बजारस्थित तमोर एफएम छेउवाट मेचि राजमार्ग तर्फ जाने क्रममा ना. २१. प. ५६२८ को मोटरसाइकल सडकबाट मेचि राजमार्गमा खसेर दुर्घटना भएको हो । मृतक गुरुङ सिचाई डिभिजन कार्यालय ताप्लेजुङकी सामाजिक परिचालक हुन् भने वर्देवा नृत्य प्रशिक्षक हुन्
मोटरसाइकल दुर्घटनाका घाइतेको पनि मृत्यू
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































