धरान / २०५८ साल पछि पहिलो पटक बुढासुब्बा गोल्डकपमा फाइलनमा पुगेको आयोजक धरान फुटवल क्लव फेरी डफिन्स क्यामारुनसँग रोकिएको छ । इतिहास बनाउने दाउमा घरेलु मैदानमा दर्शकको अपार साथलाई आयोजक धरानले सदुपयोग गर्न सकेन । मनाकामना गोल्ड कपको विजेता क्यामारुनले यो सिजनमा नेपालबाट फेरी अर्को बुढा सुब्बा गोल्ड कपको उपाधी थपेको छ ।
शनिवार सम्पन्न फाइलनमा धरानलाई टाइव्रेकरमा –३–२ को अन्तरले रोक्दै उपाधी हात पारेको हो । उपाधीसँगै उसले नगद ८ लाख हात पारेको छ । उपविजेता धरान फुटवल क्लवले नगद ४ लाख हात पारेको छ । जितका लागि क्यामरुनका जो एङ्गोला, पेटाङ्गा, यान्यीक अवनरले गोल गरेका थिए । वीकी वीकी इकवीनले सुट गरेको बलले दिसा लिन सकेन ।
यता आयोजकबाट प्रकाश बुडाथोकी र दोर्जे तमाङले गोल गरे । हेमन्त मगर, मिलन राई, गोगेश राईले प्रहार गरेको बल गोलमा परिणत हुन सकेन ।
उपविजेता बनेको आयोजकले व्यक्तिगत पुरस्कारहरु भने बढि जितेको छ । आयोजकबाट बेष्ट डिफेन्स, बेष्ट मिड फिल्डर, बेष्ट स्टाइगर, बेष्ट खेलाडी र म्यान अफ दी म्याच धरानले जितेको छ । उनीहरुले २५/२५ हजार नगद हात पारे ।
बेष्ट किपर र हाईस्कोर क्यामारुनले पाएको छ । विजेता टिम तथा खेलाडीहरुलाई प्रदेश नं. १ का मुख्यमन्त्रि ,शेरधन राईले वितरण गरेका थिए । समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्रि राईले धरानलाई फुटवलको राजधानी बनाएर अन्तराष्ट्रिय फुटवल प्रतियोगिता प्रदेश सरकारले गर्ने बताए ।