धरान / तत्कालिन एमाले र माओवादी केन्द्र विच पार्टी एकीकरण भए पछिको पहिलो जनयुद्ध दिवस धरानमा वृहत रक्तदान कार्यक्रम गरेर मनाएको छ ।
८५ जनाले रक्तदान गरेका थिए । धरान उपमहानगरपालिकाकी कार्यवहाक मेयर मञ्जु भण्डारीले पनि रक्तदान गरेकी थिइन ।

IMG_20190213_085823
योङ कम्युनिष्ट लिगको व्यानरमा धरानको भानुचोकमा आयोजित कार्यक्रममा नेकपाका स्थायी कटिमी सदस्य तथा प्रदेश इञ्चार्ज भीम आचार्य प्रमुख अतिथि रहेका थिए । साविक माओवादी नेता,साविक एमाले नेता, कार्यकर्ताहरुको सहभागितामा भएको कार्यक्रममा जनयुद्धमा मारिएका सहिदहरुलाई सम्झिएको थियो । नेता आचार्यले नेपाली वामपन्थी आन्दोलनको इतिहासमा फागुन १ गते महत्वपुर्ण दिन भएको बताए ।

bhim-acharya
जनयुद्धको क्रममा आफ्नो ज्यानको वलिदान दिने महान शहिदहरुकै सपनालाई साकार बनाउन कम्युनिष्टहरु एक भएको उनले बताए । साँझ धरानको भानुचोकमा शहिदको सम्झनामा दीप प्रज्वलनसमेत गरिएको थियो ।

IMG_20190213_094602 janyuddha janyuddha1