रङ्गेली/ प्रदेश १ संसद संचालन भएको लगभग १ वर्ष पछि प्रदेशको नाम र राजधानिलाई प्रदेश सभा विधिवत प्रवेस गराउन नियमावलीको मस्यौदा संसोधन हुने भएको छ ।

मंगलबारको संसद बैठकले मस्यौदा संसोधन समिति सर्वसम्मतले गठन गरेको छ । समितिले नियमावली संसोधन गरि प्रदेश सभामा प्रदेशको नाम र राजधानि तोक्ने विषयलाई प्रवेस गराउने बाटो खोल्ने छ । समितिमा तुलसी प्रसाद न्यौपाने,कुसुम श्रेष्ठ,लक्ष्मण तीवारी,लीला सुब्बा,केदार कार्की,जयराम यादव र राजकुमार ओझा रहेको सात सदस्य समिति गठन गरेको छ । समितिलाई प्रतिवेद पेस गर्न १३ दिनको समय दिइएको छ । प्रतिवेदन पेस गरेपछि समिति स्वत खारेज हुने सभामुख प्रदिपकुमार भण्डारीले सदनमा जानकारी दिए ।

यसक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले सच्याइएको मर्यादाक्रममा पनि त्रुटि भएको बताए । मङ्गलबारको बैठकमा यस अघि सदनमा सांसदले उठाएका सवालको जवाफ दिने क्रममा मर्यादाक्रम सचिए पनि त्रुटि कायमै रहेको उनले बताएका हुन् । करिब दुई साता अघि विराटचोकमा टिपर माथि भएको आगजनिले सामाजिक रुपमा गम्भिर प्रकृतीको घटना देखिएको उनले बताए ।

उनले अवैद्य उत्खनन र कमजोर सडकमा तिब्रगतिमा गुडाउनेमा टिपरको नाम जोडीएको बताए । झापा,मोरङ्ग,सुनसरी र उदयपुरमा खोलबाट बाढी र कटानको समस्य व्यपक रहेको उनले बताए । त्यसको समधानमा प्रदेश सरकारबाटमात्र सम्भव नभएको उनले बताए ।