वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकाको विचपानीमा मंगलवार आगलागी हु“दा साढे छ लाख रुपैंया बराबरको क्षति भएको छ ।
नगरपालिकाको वडा नम्बर ३ विचपानीमा रहेको शिवनारायण श्रेष्ठको घरमा गाईको लागि खोले बनाउ“दै गर्दा भएको आगलागीमा छिमेकी गणेशवहादुर कार्कीको जस्ताको छाना भएको १ तल्ले घर ,लत्ता कपडा, अन्न तथा अन्य समाग्रीगरि ५ लाख रुपैंया बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यलय चक्रघट्टीका प्रहरी निरीक्षक जीवन तामाङ्गले जानकारी दिए ।
आगलागीमा शिवनारायणको १ लाख ५० हजार रुपैंया बराबर जस्ताले छाएको तथा बांसको टाटी लगाएको गाईको गोठ,पराल, र काठपाथ जलेको प्रहरी निरीक्षक तामाङ्गले बताए । शिव नारायणकी श्रीमतीको बांया पाखुरा जलेको छ । उपचार पछि उनी घर फर्किएको प्रहरीले बताएको छ ।
दिउ“सो करिव ४ वजेर २० मिनेटमा दाउरा बालेर खोले बनाउ“ने क्रममा आगो नियन्त्रण वाहिर भएर छिमेकी गणेश कार्की घरमा आगो सल्किएको थियो । ईनरुवा र ईटहरी वाट आएको दुई वटा दमकल तथा नेपाल प्रहरीको १८ जना शसस्त्र प्रहरीको २ जना जवान र स्थानियको सहयोगमा करिव १ घंटामा आगो निभाउन सफल भएको निरीक्षक तामाङ्गले बताए ।