वराहक्षेत्र/वराहक्षेत्रको प्राचिन हरिद्वार चतराधाममा भईरहेको श्रीराम तारकब्रह्म महायज्ञमा नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आएका छन् ।

सोमवार धर्मपत्नी गायत्री आचायसँगै आएका नेता नेपालले महायज्ञमा सहभागी भए । मध्यान्ह ३ वजे महायज्ञमा आएका उनले पूजा अर्चना तथा होम गरेको आयोजक जगद्गुरु रामानन्दाचार्य सेवापीठका सदस्य विनोद गुरागाँईले बताए ।

१ नम्बर प्रदेशका समाजिक विकास मन्त्री जीवन घिमिरे र वराहक्षेत्र नरगपालिका नगरप्रमुख निलम खनालसँगै महायज्ञको अवलोकनपछि, पीठाधीस महायोगी सिद्ध बाबा कृष्णदास महाराजसँग कुरा गर्दै नेपालले, नेपालमा हरित क्रान्तीको शुरुवात चतराधामबाट भएकोमा खुशी व्यक्त गर्दै तारकब्रह्म महायज्ञले धार्मिक पर्यटनमा ठूलो टेवा दिने बताए ।

महायज्ञबाट करिब साढे तीन बजे बाहिरिएका उनले सुनसरी मोरङ सिंचाइ योजनाको अतिथि गेष्टहाउसमा स्थानीय नेकपाका कार्यकर्ताहरुसँग करिब आधा घण्टा भेटघाट गरेका थिए । नेता नेपालसँग नेकपा वराहक्षेत्र अध्यक्ष खड्ग कटुवाल, साविक जिल्ला सदस्य मनोज पौडेल र साविक सचिव डम्बर सिग्दलले, चैत्रमा हुन लागि रहेको कुम्भको बजेटको लागि सरकारसँग पहल गरिदिन अनुरोध गरेका थिए ।

वडा १ को खारखोलामा पक्की पुल भने र सिंचाइ योजनाको जग्गाबाट विस्थापित भएकाहरूलाई र अव्यस्थित बसोबासले चतराको सौन्दर्य बिगारेकोले यसलाई उचित व्यवस्थापन गर्न माग गरेको नेकपा वराहक्षेत्र नेकपाको सक्रिय सदस्यसमेत रहेका गुरागाँईले बताए ।