रङ्गेली/ जोखिमपूर्ण स्थानमा भवन निर्माणमा प्रदेश सरकारले रोक लगाउन सक्ने व्यवस्थासहितको भवन निर्माण विधेयक प्रदेश–१ सदनमा पेश गरिएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश भवन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेश गरेका हुन् । २२ दफामा रहेको विधेयक कार्यान्वयनमा आएपछि प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।
विधेयकले दण्ड सजाय, राजस्वलगायतको व्यवस्थासमेत गरेको छ । उक्त विधेयक भौतिक पूर्वाधार मन्त्रालयले तयार पारेको हो । यस अघि मन्त्री कार्कीले प्रदेश विद्युत सम्बन्धमा बनेको विधेयकमाथि सदनमा उठेका सवालको जवाफ दिएका थिए ।