रङ्गेली/ प्रदेश १ सरकारले हिउँदे अधिवेसनबाट प्रदेशको नाम र स्थयी राजधानी टुङ्गयाउने भनिरहेको बेला राजधानी धनकुटा राख्न माग गरिएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकमा प्रदेश सांसद रामचन्द्र लिम्बूले प्रदेश १ को राजधानी धनकुटा उपयुक्त हुने बताए ।

उनले भने ‘प्रदेशको राजधानीको लागि धनकुटा उपयुक्त हुन्छ भन्न चाहन्छु ।’ उनले नेपालको २ सय ४० वर्षे इतिहासमा धनकुटा प्रसासनिक गौंडाको रुपमा रहँदै आएको बताए । ‘पृथ्वी नारायण शाह, राणा शासन र पञ्चायतकालमा धनकुटा गौडाको रुपमा रहेको थियो ।’ उनले भने ‘प्रजातन्त्र आएपछि पनि धनकुटा पुर्वाञ्चलको सदरमुकाम रहेको हो ।’

बैठकको शुन्य समयमा बोलेका अर्का सांसद विमल कार्कीले जंगली जनावरको आक्रमणबाट मृत्यु हुने सबैलाई क्षतीपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे ।