तेह्रथुम/नेविसंघ तेह्रथुमको १० जिल्ला अधिवेशनबाट रोमन गौतम जिल्ला अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
२१ सदस्यीय रहेको समितिको उपाध्यक्षमा चन्द्रप्रकाश ढुङगाना, मेघराज थापा, युवराज इङनाम र विराहाङ पाहिम, जिल्ला समितिको सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः हिमराज कटुवाल, विदुर बस्नेत र अरूणा ढकाल सर्वसम्वद चयन भएका छन् । यसै गरि प्रदेश अधिवेशनका लागि ४३ जना प्रदेश प्रतिनिधि छनौट गरिएको नव गठित अध्यक्ष गौतमले जानकारी दिए ।