विराटनगर/ विराटनगरमा दुई दिने पाूचौं संस्करणको शैक्षिक मेला शुक्रबारदेखि विराटनगरस्थित नमस्कार होटलमा सुरु भएको छ । एजुकेशन डट कमको आयोजनामा भएको शैक्षिक मेला शनिबारसम्म हुनेछ ।
‘उच्च शिक्षा हासिल गर्नका लागि विद्यार्थीहरु विभिन्न मुलुक जाने क्रम बढ्दै गएको छ,’ एजुकेशन डट कमको प्रमुख कार्यकारी अधिकृत जीवन लामागोले भने, ‘स्वदेशमै उच्च शिक्षा हासिल गर्नका लागि उच्च गुणस्तरका शैक्षिक संस्था छन् । यसको बारेमा जानकारी विद्यार्थीमाझ पुग्नु एकदमै आवश्यक भइसकेको छ ।
यसै सन्दर्भलाई समेत ध्यानमा राखेर विराटनगरमा वृहत शैक्षिक मेला सुरु गरिएको हो ।’ मेलामा नेपालमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएका शैक्षिक संस्था मार्फत विद्यार्थीले आवश्यक परामर्श पाउन सक्नेछन् । नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि विद्यार्थीहरुले निःशुल्क परामर्श लिन सक्नेछन् । मेलाको मुख्य प्रायोजक प्रसिडेन्सियल विजनेस स्कूल रहेको छ ।
शैक्षिक मेलामा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्व विद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्व विद्यँलय, मध्य पश्चिमाञ्चल विश्व विद्यालय तथा विभिन्न अन्तर्राष्टिूय विश्व विद्यालयसंग आवद्ध विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिनेछन् ।
त्रिभुवन विश्व विद्यालयको महेन्द्र मोरङ बहुमुखी क्याम्पसलगायतले पनि परामर्श दिने आयोजकले जनाएको छ । बिबिए, एमबिए, बिआईटी, बिआईएम, बिएचएम, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएएसडब्लु, बिसीए, बिबिएस, बिएस्सी, सिएसआईटी, लगायत कोर्ष पढ्न चाहने बिद्यार्थीे यो मेलाबाट लाभान्वित हुनेछन् ।
मेलामा २५ भन्दा बढी कलेजहरु सहभागि प्रमुख कार्यकारी अधिकृत जीवन लामागोलेले जानकारी दिए । मेलाको व्यवस्थापन भिजन मिडियाले गरेको छ ।
                    
        
                                        
                                                                                                
        































