जिरोपोइन्ट /  नेपाल प्रहरीले शुरु गरेको समुदाय प्रहरी साझेदारी अवधारणालाई कार्यन्वयन गर्दै धरान उपमहानगरपालिकामा पनि ‘समुदाय प्रहरी पालिका समिति’ आज निर्माण गरेको छ ।
समुदाय प्रहरी जिल्ला समिति सुनसरीको आयोजनामा गठन गरिएको “समुदाय प्रहरी पालिका समिति”मा धरान उपमहानगरपालिकाकी कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारी सुवेदी संयोजक रहेकी छन् । समितिको सह सम्योजक इलाका प्रहरी कार्यलय धरानमा डिएसपी सुमनकुमार तिम्सिनासहित ३५ सदस्य रहेका छन् ।
जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख एसपी राजन अधिकारीले अवधारणा पत्र प्रस्तुत गर्दै “हर प्रहर, गाउँ र नगरी, टोल–टोलमा नेपाल प्रहरी” भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य लिएर प्रहरीले सबै क्षेत्रमा समिति निर्माण गर्ने गरी योजना अगाडि बढाएको जानकारी दिएका छन् ।
धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख भण्डारीले टोलटोलमा शान्ति सुरक्षा कायम गरी अपराध नियन्त्रण गर्नका लागि नेपाल प्रहरीले यो अवधारणा ल्याएकोप्रति खुशी व्यत्त गरिन ।े उपमहानगरपालिकाले नगरवासिको सुरक्षका लागि हरकदममा नगरवासी र प्रहरीबीच समन्वयात्मक भूमिका निर्वाह गर्नेसमेत बताइन ।