इटहरी/ नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले कम्यूनिष्ट पार्टीको सरकारको अहिलेकै जस्तो रवैया कायम रहे सरकार सडकबाटै ढालेर देखाई दिने चेतावनीदिएका छन् । उनले सरकारले जुन ढंगले मनोमानी निर्णय गरेर अघि बढेको छ, त्यसमानसचिए सडकबाटै सरकार ढाल्ने चेतावनीदिएकाहुन् ।

‘कम्यूनिष्ट सरकारका कारण लोकतन्त्रखतरामा परेकाले गर्दा बचाउनकाँग्रेसले आन्दोलन गर्नु परेको हो,’ उपसभापति गच्छदारले सुनसरीको सदरमुकामइनरुवामा सोमबार आयोजित बिरोध सभालाई सम्बोधनगदैं भने, ‘सरकारले जथाभावी निर्णय नगरोस् । यदियही ढंगले मनोमानीगरि अघि बढेमा सडकबाटै आन्दोलन गरेर सरकारलाई ढाल्नेछौं ।’ उनले वर्तमान सरकारकै कारण लोकतन्त्रखतरामा परेकाले गर्दा बचाउनआन्दोलन गर्नु परेको बताए ।

नेपालीकाँग्रेसको जिल्ला पार्टी कार्यालय इनरुवाबाट सुरु भएको विरोधसभाइनरुवा बस चोकमाआयोजित सभामा केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीले सरकार जनविरोधीभएको टिप्पणी गरे । ‘शान्ति सुरक्षाको अवस्थाकमजोर छ । चुनाबका बेलाललीपप देखाएर भोट लिएपनि संविधानले दिएको अधिकारबिरुद्ध अहिलेको सरकार अघि बढेको छ,’ उनले भने ।

कार्यक्रममाकाँग्रेस केन्द्रीय सदस्यमिनविश्वकर्मा, केन्द्रीय सदस्य नरेन्द्र चौधरी, प्रदेश नं. १ का संसदीयदलका नेता राजीव कोइराला, सांसद सीताराम मेहता, संसद मीना सुब्बा, प्रदेश सांसदनवोदिताचौधरी , युवा नेता हेमकर्ण पौडेल लगायतले बोलेका थिए ।

जिल्लाभरका काँग्रेसका नेता-कार्यकर्ता भेला भर इनरुवानगरपालिका क्षेत्र परिक्रममागरि आमसभामा परिणत भएको थियो । नगर क्षेत्र परिक्रमागर्ने क्रममा सरकारबिरोधी नाराबाजीगरिएको थियो ।