धरान/ धरान-१५ का खड्गबहादुर बस्नेतले क्यान्सर जस्तो प्राणघातक रोग जितेको दुई दशकको हाराहारी पुगेछ । ती दिन, जतिबेला उनी क्यान्सरसँग लड्दै थिए । ७२ वर्षिय बस्नेत अहिले पनि भुल्दैनन् क्यान्सरको विजारोपण भएको वर्ष ।
२०५४ साल दाहिने कन्चट नजिकै सानो दाना देखियो । बिस्तारै बढ्दै गयो । शुरुवाती दिनमा उति वास्ता गरेनन् । तर, जब बढ्दै गयो । डाक्टरलाई देखाउन बाध्य भए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सकलाई देखाए । प्रतिष्ठानका चिकित्सकले सल्यक्रिया गरेर फ्याकि दिने भनेर पनि भने ।
तर, केही दिनपछि प्रतिष्ठानका चिकित्सकले भरतपुर जान सल्लाह दिएपछि क्यान्सर भएको थाहा पाए । 'त्यो बेलामा क्यान्सर लागेपछि निको हुूदैन । मरिन्छ भन्थे ।' उनी बिगत सम्झदै भन्छन् । हुन पनि हो, क्यान्सरबाट बाँचेको कमै सुनेका थिए । हुलाकको कर्मचारी भएकाले पनि धेरै कुरा थाहा पाउथे । क्यान्सरलाई जित्नु उनको लागि चुनौती थियो । घरको आर्थिक अवस्था पनि उति राम्रो थिएन । उनकै कमाइबाट घर परिवार चल्थ्यो ।
झण्डै तीन वर्षपछि मात्रै उनले त्यो डल्लो फाल्न भरतपुर क्यान्सर अस्पताल पुगे । 'मकैको दानो जत्रो निस्किएको डल्लो बढ्दै निकै ठूलो भइसकेको थियो ।' उनी भन्छन्,-'क्यान्सर हो भनेर भन्थे । डर पनि लाग्थ्यो ।' भरतपुरमा सल्यक्रिया गरेर फ्याके । झण्डै दुई महिनासम्म रेडियोथेरापी गरियो । शरीरको नापनक्सा नै थिएन ।
थियो त केबल हाडछालामात्रै टासिएको शरीर । 'सेकेर आएपछि शरीर भन्ने नै थिएन ।' बुहारी टीका बस्नेत भन्छिन्,-'भरतपुरबाट आउूदा बसेर उठ्न सक्ने अवस्था थिएन ।' बुहारी टीकाका अनुसार सबैले बुबालाई (खड्ग) लाई खतरनाक रोग लाग्यो भनेर भन्थे । 'हामीलाई कस्तो पीडा हुन्थ्योु उनी भन्छिन् ।
तर, अहिले त्यो पीडाबाट खड्गले मात्रै मुक्ति पाएका छैनन् । परिवारले नै मुक्ति पाएको छ । आफ्ना-आफन्तले मुक्ति पाएका छन् । क्यान्सर मुक्त उनी क्यान्सरलाई जित्ने पात्रको रूपमा समाजमा चर्चित छन् । रोगबाट मुक्ति भएपछि उनले गरेको उपचार विधि जान्नका लागि नेपालका प्रख्यात सहरबाट मानिसहरू भेट्न आउने गरेका छन् ।
उनका अनुसार पोखरा, काठमाडौंसम्मबाट मानिसहरू भेट्नका लागि आइपुग्छन् । पूर्वी सहरको त कुरै छाडौं । मासिक ८-१० जना उनले प्रयोग गर्ने औषधिको ज्ञान लिन र औषधि लिन आइपुग्छन् ।
जतिखेर उनी रेडियोथेरापी पछि घर फिर्ने तयारीमा थिए । त्यो बेला उपचारमा संलग्न चिकित्सकहरूले भनेको कुरा अहिले पनि भुल्दैनन् । चिकित्सकको भनाइ उदृत गर्दै उनी भन्छन्,-'३ महिनापछि बाूचेर आइस भने किमो चढाउने हो ।' तर धरान आएपछि उनले आर्युवेदिक औषधिको साहारा लिए । त्यो औषधि खान थालेपछि किमो त के रेडियोथेरापीका कारण शुरु भएको कान पाक्ने समस्या पनि चट्टै हुूदै गयो ।
नभन्दै लामो समयपछि कान पाक्ने समस्याबाट पूर्णरूपमा मुक्त भए । रेडियोथेरापीका कारण जीब्रोले स्वादै थाहा पाउदै न थिए । 'तितेपाती मर्याङ-मर्याङ चपाउदा पनि थाहा हुदैन थियो । एक मुठी नुन खादा पनि जीब्राले स्वाद पाउदैन थियोु-उनी भन्छन् ।
तर, अहिले अवस्था फरक छ । क्यान्सर जित्ने धरानका एक्ला पात्र हुन् । क्यान्सरलाई जितेको अहिले ठ्याक्कै १८ वर्ष पुगिसकेको छ । अहिले उनलाई लाग्छ, क्यान्सरलाई जित्न सकिन्छ । त्यसका लागि आत्मविश्वास चाहिन्छ । त्यही आत्मविश्वासले उनी अहिले पूर्णत रोगमुक्त छन् । अहिले उनी आर्युवेदिक औषधिका क्यान्सर डाक्टर नै भइसके ।
'मेरो औषधिले केही-केही ठीक पनि भएका छन् ।' उनी भन्छन्, 'मैले आफूले बनाउन नसकेर आफैं बनाओ भनेर सिकाइ पनि दिए ।' उनले क्यान्सरको अचुक आर्युवेदिक औषधि सिक्ने अवसर धरानकै एकजनाबाट पाए । त्यही औषधी अहिले पनि प्रयोग गरिरहेका छन् ।
उनी चारवटा चिजलाई मिसाएर औषधि तयार पार्छन् । लेकमा पाइने ढ्याग्रे सल्लो, भूमिराज, असुरो र निमपात मिलाएर औषधि तयार पार्छन् । त्यही औषधि नियमित सेवनबाटै आफू ठीक भएको दाबी गर्छन् । उनलाई लाग्छ, क्यान्सर खानपिनबाटै हुन्छ होला । खानेकुरामै ध्यान दिन सके क्यान्सर हुदैन ।