भोजपुर/ नयाशक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भटराई भोजपुर पुगेका छन् । असल राजनिती र समावेसी विकाशको लागी जन संवाद भन्ने नारा सहित मध्य पहाडी लोकमार्गमा थालिएको एक महिने अभियानका क्रममा भटराई शनिबार आज भोजपुर पुगेका हुन् ।
अभियानका क्रममा जिल्लाको विभिन्न ठाउमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जिल्ला संयोजक विष्णु कुमार कार्कीले बताए । संयोजक कार्कीका अनुसार भेटघाट तथा अन्तरक्रिया जिल्लाको विभिन्न ७ ठाउमा गरिने छ ।
दुई दिने भोजपुर बसाईका क्रममा भटराईले अरुण गाउपालिकाको जरायोटार , पौवादुम्मा गाउपालिकाको तिवारी भञ्ज्याङ , गाउपालिका केन्द्र च्याङग्रे र हिले भञ्ज्याङमा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । भेटघाट तथा अन्तरक्रिया श्यामशिला , जिल्ला सदरमुकाम र दावा बजारमा समेत गरिने आयोजकले जनाएको छ । जन संवाद कार्यक्रममा व्यापक सहभागिता जनाउन सबैलाई आग्रह समेत गरिएको जिल्ला सयोजक कार्कीले जानकारी दिए ।