लहान/ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको समृद्धि सपना यही सरकारले पूरा गर्ने बताएका छन् ।  जिल्ला सदरमुकाम सिरहामा शनिबार आयोजित शहीद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गरिबी, बेरोजगारी अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने योजनाका साथ सरकारले काम अगाडि बढाएको बताए ।

व्यवहारिक रुपमा मुलुकको गरिबी र बेरोजगारी हटाउन सरकार दृढताका साथ अघि बढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बेरोजगार युवालाई स्वरोजगार बनाउन प्रधानमन्त्री स्वरोजगार कार्याक्रम, युवा स्वरोजगार कार्यक्रमको लागि प्रत्येक स्थानीय तहमा स्वरोजगार अधिकारी नियुक्ति गर्ने प्रकृया अगाडि बढिसेकेको बताए ।

उनले भने, ‘सरकारले प्रत्यक युवालाई वर्षको कम्तिमा एक सय दिन रोजगार दिने, दिन नसकेकालाई व्यरोजगार भत्ता दिने निर्णय गरिसेको छ, त्यसको लागि सरकारले प्रकृया अगाडी बढाई सकेको छ ।’

उनले प्रदेश २ मा विकास निर्माणको कामले गतिलिन थालिसकेको बताए । उनले भने, ‘निजगढ अन्तर्राष्टिूय विमानस्थल निर्माण, पूर्व-पश्चिम रेल्वे, तराई काठमाडौं जोड्न निजगढ काठमाडौं फास्ट ट्र्याक निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विश्व विद्यालयको स्थापना, सिँचाइका पूर्वाधारहरुको विकास, कल कारखानाको स्थापना लगायतका विकास निर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइ सकियको छ ।’

तराइ मधेसको समृद्धि विना नेपाल समृद्ध हुन नसक्ने भन्दै नेपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यहाँको युवालाई यही रोजगारीका अवसर सिर्जना गरिने बताए ।

प्रधानमनत्री ओलाीले तराई-मधेस भएर बग्ने ठूल-ठूला नदी जस्तै कोशी-कमला डाइभर्सन लगायतका सिँचाइका आयोजना कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताए । प्रधानमन्त्री ओलीले भन्नुभयो-“मधेसको उर्वरभूमिको सही सदुपयोग गर्न सक्नुपर्दछ, सहकारिताको माध्यमबाट यहाँ उत्पादन हुने अन्न, फलफूल विदेश निर्यात गर्न सकिए छिटै सम्बृद्ध हुन्छ ।

मन्तव्यकै क्रममा प्रधानमन्त्री ओलीले नेकपा नेकपा मधेस विरोध नभएको बताए । उनले सिरहाँ जनसभाको उपस्थितिलाई अर्थयाउँदै भने, ‘यहाँ प्रतिपक्षीहरुले नेकपालाई मधेस विरोधी भनेर अफवाह उडाई रहेका छन्, नेकपा मधेस विरोधी होइनभन्नेकुरा सिरहाले आज प्रमाणित गरेको छ ।’

सोही क्रममा प्रधानमन्त्री ओलीले अव सवै नेपाली नेपाली साक्षर बनाउनु पर्ने पनि बताए । त्यही भएरनै सरकारले कोही बालबालिका बिद्यालय भन्दा बाहिर नरहोस भन्ने उद्देश्यले गतवर्षबाटै सरकारले बिद्यालय भर्ना अभियान सञ्चालन गरिएको बताए ।

प्रधानमन्त्री ओलीले आफूले गतवर्ष अभिभावकत्व ग्रहण गरेका बालबालिकाहरुलाई मञ्चमै बोलाएर भला कुसारी गरेका थिए । आफूले अभिभावकत्व ग्रहण गरेका बालबालिकाहरुलाई हालखवर बुझ्नुको साथै राम्रोसँग पढ्नु भनेको पनि बताए ।

सो अवसरमा भौतिक योजना तथा यातायात मन्त्री रघुबीर महासेठले २ नम्बर प्रदेश अर्थात मधेशमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा लगायत सबै कुरा समेटेर बिशेष प्याकेज ल्याइएको स्पष्ट पार्दै मधेशकै लाईफ लाईनको रुपमा रहेको हुलाकी राजमार्गको स्तरोन्नतिको काम तिब्र रुपमा भईरहेको बताए ।

हुलाकी सडक अन्तर्गत कमला र बलान नदीमा निर्माणाधिन पुल निर्माणको ठेक्का पप्पु कन्टूक्सनसँग तोडेर १ बर्षभित्र निर्माण सकिने गरि लुम्बिनी बिलर्डस र शर्मा कन्ट्रक्सनलाई दिईएको मन्त्री महासेठले जानकारी दिए ।

मधेशका जिल्लाहरुको सदरमुकाम जोड्ने सडकहरु ४ लेनको स्तरोन्नतिका लागि डिपिआर बनाउने कार्य तिब्र रुपमा अघि बढ्ेको उल्लेख गर्नुहुँदै मन्त्री महासेठले सिरहामा मात्रै २५ वटा सडक बनाउने कार्य अघि बढाईएको जानकारी दिए ।

सभामा नेकपाका २ नम्बर प्रदेश ईन्चार्ज सत्यनारायण मण्डल, सहइन्चार्ज विश्वनाथ साह, २ नम्बर प्रदेश अध्यक्ष प्रभु साह, प्रदेश सचिव सुमनराज प्याकुरेल, पुर्वमन्त्री अजयशंकर नायक (अबिनाश) ले पनि सम्बोधन गरेका थिए ।

सो अवसरमा नेकपालाई बिभिन्न समयमा सहयोग गर्ने र पार्टी संगठन बिस्तारमा योगदान दिने सिरहाका बलबहादुर सुनुवार, शनिशचर सदा, इन्द्रलाल लामा, सप्तरीका अरुण साह (अनिल) लगायतलाई प्रधानमन्त्री ओलीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

त्यस्तै सोही अवसरमा संघीय समाजवादी फोरम, राजपा, नेपाली काँग्रेस लगायत बिभिन्न पार्टी परित्याग गरि नेकपामा प्रबेश गर्नेहरुलाई प्रधानमन्त्री ओलीले अबिर माला लगाएर पार्टी प्रबेश गराए ।

यसअघि आजै प्रधानमन्त्री ओलीले सिरहा सदरमुकाममै नेकपाको पार्टी कार्यालय र चन्द्र प्राविधिक माबि परिसरभित्र छात्रबास (होस्टल) को समेत शिलान्यास गरेका थिए । तीन तल्लाको एक सय ५० विद्यार्थी वस्न सक्ने छात्रवास भवन निर्माणको लागि यो वर्ष ७० लाख रुपैया छुट्याइएको जनाएको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले सिरहास्थित शहिद हेमनारायण चौकमा रहेको हेमनारायण यादवको शालिकमा मालार्पाण गरेका थिए । 

नेता हेमनारायण यादवलेको २०६० माघ १९ गते पार्टीको वैठकमा सिरहा घरबाट धनगढी जानेक्रममा गागनखोलाबाट अपहरणगरी हत्या गरिएको थियो । नेता यादवको हत्या तत्कालिन शाहि सेनाले हत्या गरेको भनेपनि त्यसको आधिकारीकता अझै पुस्टी हुन सकेको छैन ।