रङ्गेली/ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले उद्योगी व्यवसायीलाई व्यापार भन्दा उद्योग धन्दा सञ्चालनमा जोड दिन आग्रह गरेका छन् ।

बैङ्कको चर्को ब्याजदरको विरोधमा आन्दोलनरत मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनसँगको छलफलमा मन्त्रि यादवले उत्पादनको लागी नेपाली बजार प्रर्याप्त रहेको बताए । ‘ अहिले एक ले अर्कोलाई निषेध गर्ने आन्दोलन गर्ने बेला छैन ।’ मन्त्री यादवले भने ‘ देश निर्माणकोलागी मिल्नुको विकल्प छैन ।’ उनले अहिले सबैको अभियान देश बनाएउने भएको बताए ।‘आन्दोलन त गरौ तर च्यालेन्ज गर्ने गरि होइन ’ उनले भने ‘सबैको एउटै अभियान देशलाई सक्षम बनाउने हुनु पर्छ ।’ उनले बैकको व्याजको सम्बन्धमा अझै थप छलफल गरिने बताए । उनले सबै पक्षलाई राखेर यसको विषयमा छलफल गर्ने बताए ।

शनिबार मोरङ्ग व्यापार संघ र उद्योग संगठन मोरङले आयोजना गरेको उद्योग व्यवास क्षेत्रका समस्या एवं दीर्घालिन योजना तर्जुमा सम्बन्धि छलफलमा प्रदेश १ का उद्योग प्रयटन तथा वातावरण मन्त्रि जगदीस कुसीयतले आत्मा निर्भ उद्योगहरुलाई प्रभाव पर्ने गरी बैदेशि लागानी भित्राउन नहुदे धारणा राखे ।

प्रतिनिधि सभाका सांसद एलपी साँवाले कच्चा पदार्थ आयात गर्ने उद्योग भन्दा स्वदेशि कच्चा पदार्थ प्रयाग गर्ने उद्योग संचालन गर्नमा जोड दिए ।

छलफलमा उद्योगी व्यवसायीले उद्योग संचालनमा भएका कठीनाइहरुको विषयमा मन्त्रि यादवलाई जानकारी गराएका थिए । छलफलमा मोरङ व्यपार संघका अध्यक्ष पवन सारडाले अहिलेको अवस्थामा निजि क्षेत्रलाई जिवन्त राख् कठीन भएको बताए ।

उनले निजिक्षेत्र लागायत सबै त्यसको समाधानमा रुमलिनु पर्ने अवस्था रहेको जिकिर गरे । उद्योगी व्यवसाय जस्तो सम्मानि क्षेत्र पनि अहिले चोर फटाको रुपमा कहलिएको उनले दुखेसो पोखे ।

छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले तेहोरो कर,जग्गाको अत्याधिक मुल्य,दक्ष जनशक्तिको अभावको कारणले उद्योग क्षेत्रहरु अहिले समस्यामा रहेको बताए ।

उनले सरकार सँग बैको अधार दरमा हस्तक्षे गर्न समेत माग गरे । कार्यक्रममा उद्योग वाणीज्य महासंघका उपध्यक्ष किसोर प्रधान, उद्योगी भोला दुलाल,महेश जाजु लगायतले औद्योगी क्षेत्रको समस्यको विषयमा बोलेको थिए ।

आन्दोलन माघ मसान्त सम्म स्थगित
बैकको चर्को व्याजको विरोधमा व्यवसायीले गर्दै आएको आन्दोलन माघ मसान्त सम्म स्थगित गरेका छन् । उद्योग,वाणीज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रि तथा सचिव सहितको टोली संगको छलफल पछि उद्योग संगठन मोरङ र मोरङ व्यपार संघले गर्दै आएको आन्दोलन माघ मसान्त सम्म स्थागित गरेका छन् ।

मन्त्रालयले बैको व्याजदरको विषयमा छलफलबाट टुङ्गो लागाउने आवस्वास दिए पछि आन्दोलन स्थगित गरेका हुन ।  बैकको व्याजदर चर्को भए पछि उद्योगी व्यवसायीले उत्पादन मुलक क्षेत्रको व्याजदर घटाउन माग गर्दै उद्योगी व्यपारीले माग गरेका थिए ।