धनकुटा । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले डा.केसीको माग उपयुक्त भएकोले वर्तमान सरकारले सम्वोधन गर्नु पर्ने वताएका छन् ।
शहिद दिवशको अवसरमा धनकुटामा शुक्रवार सम्पन्न खुल्ला वुद्धिचाल प्रतियोगिताको फाईनलमा विजेता खेलाडीलाई पुस्कार तथा प्रमाणपत्र वितरण गर्दै यस्तो बताएका हुन् । सरकारले विगतमा डा.केसीसंग गरेको सम्झौतालाई पुरा गर्नुपर्नेमा पनि भट्टराईले जोड दिएका छन् । अहिलेको सरकारले नै गत बर्ष डा. केसीसंग सम्झौता गरेकोले सरकार सम्झौताबाट भाग्न नहुने उनको तर्क थियो । उनले संघीयताको वुझाईमा केन्द्र सरकारसँग स्पष्ट भिजन नहुँदा तल्लो तहसम्म संघीयताको मर्म र भावाना अनरुपको काम हुन नसकेको वताए । उनले साँच्चिकै पहिचान सहितको संघिय लोकतान्त्रिक शासन स्थानीय तहसम्म नपुगेसम्म एक ब्यक्तिको वरिपरी घुमिरहने वताए ।
खुल्ला वुद्धिचाल प्रतियोगितामा प्रथम पूर्ण डंगोल, दोस्रो लोकेन्द्र पौडेल, तेस्रो अरुण पासवान र सान्तवा टिका राईलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व मन्त्री हिसीला यमी, धनकुटा सहिद प्रतिष्ठानका कार्यवहाक अध्यक्ष शहीद पुत्र कृष्ण गोविन्द्र चेम्जोङ्ग, महासचिव विजय सन्तोषी राईले नगर पुरस्कार, प्रमाण पत्र, र मेडल प्रदान गरेका थिए ।
पूर्व प्रधान मन्त्री डा. बाबुराम भट्टराईले सो अवसरमा बुद्धिचाल खेल संचालन गर्न सहयोग गर्ने नेपाल निर्माण व्यावसायी संघ धनकुटाका अध्यक्ष अर्जुन केसी, खेल संचालन गर्न प्राविधिक रुपमा सहयोग गर्ने बुद्धिचाल संघ धनकुटका कोषाध्यक्ष विजय शेखर श्रेष्ठलाई सम्मान समेत गरेका थिए । उत्कृष्ठ समाचार सम्मेषण गरेपावत पत्रकार विकास घिमिरेलाई पुरस्कृत गरिएको थियो ।
धनकुटा सहिद प्रतिष्ठानका कार्यवहाक अध्यक्ष कृष्ण गोविन्द्र चेम्जोङ्गको अध्यक्षमा भएको पुरस्कार वितरण कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य रोशेष श्रेष्ठले राखेका थिए भने कार्यक्रमको संचालन कोषाध्यक्ष समुना तिम्सिनाले गरेका थिए । सहिद दिवसको अवसरमा तिन दिनसम्म संचालन भएको खुल्ला बुद्धीचाल प्रतियोगितामा २४ जनाले भाग लिएको बुद्धिचाल प्रतियोगिता आयोजक समितिका संयोजक हरी वहादुर लम्जेलले बताए ।